एनएमबि बैंकले १ करोड २० लाख अमेरिकी डलर ऋण लिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग एक करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरि सम्झौतामा सिफेम र स्वीस सरकार विकास बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरि सिफेम र एस.डि.सी बीचको सहकार्यमा भएको लगानी नेपालसँग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहास रहेको छ । सिफेमबाट प्राप्त कर्जाको लागि एस.डि.सी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा प्रदान गरेको छन् । सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई पुनःपुष्टि गराएको छ । विशेष गरि वर्तमान बजार परिदृश्यमा सम्झौता महत्वपूर्ण रहेको छ ।
एनएमबि बैंक र सिफेमबीच सम्पन्न सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारसँग सहकार्य गरेको छ । विगतमा समेत बैंकले अन्तराष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकास लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।
प्रतिक्रिया