एमालेको लोकतन्त्र ओलीको कब्जामा : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एमालेले अध्यक्ष केपी शर्मा ओलीको आदेशमा अधिवेशन सम्पन्न गरेको आरोप लगाए । शुभेच्छा र विशेष सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्न सह-महामन्त्री उमाकान्त चौधरीले राखेको कार्यक्रममा पौडेलले एमालेभित्रको आन्तरिक लोकतन्त्र ओलीको कब्जामा गएको बताए ।
उनले भने,‘एमालेभित्रको आन्तरिक लोकतन्त्रक केपी ओलीको कब्जामा छ । माओवादीमा पनि यो ढंगको अधिवेशन होला भन्ने मलाई लाग्दैन् । हामीले हाम्रो महाधिवेशनमा जुन रुपमा प्रतिष्पर्धा गरेका छौं, यसले कांग्रेसलाई अझै लोकतान्त्रिक पार्टीको रुपमा चिनाएको छ ।’
उनले आफूहरुले महाधिवेशनमा मित्रवद् प्रतिष्पर्धा गरेको बताए । उनले भने,‘त्यो प्रतिष्पर्धाको सन्दर्भमा हामीहरुका प्रति सद्भाव, शुभेच्छा र विशेष सहयोग गर्नुहुने साथीहरुलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले हाम्रो आदरणीय सह-महामन्त्रज्यू उमाकान्त चौधरी दाईले यो कार्यक्रम राख्नुभएको छ, हामी साझा कुरा के गर्न चाहन्छौं भने पार्टीको आन्तरिक प्रतिष्पर्धामा हामीले मित्रवत् रुपमा आफूलाई उठायौं । त्यसको परीणाम आइसकेको छ ।’
उनले चुनावी प्रतिष्पर्धा हुनु स्वभाविक भएको र चुनावपछि आएको नतिजालाई आफूहरुले हार्दिकतापूर्वक स्विकारेको पनि स्पष्ट पारे । उनले भने,‘यो महाधिवेशनमा जित्ने साथीहरुलाई हामी आफ्नो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं । बधाई सँगसँगै हामी सबैको उद्देश्य पार्टी निर्माण गर्ने हो । पार्टी सशक्त बनाउने हो । संगठित गर्ने हो । पार्टीलाई देशको नेतृत्व गर्ने स्थितिमा पुराउने हो ।’

प्रतिक्रिया