राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २८ करोड संस्थागत निक्षेप राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा २८ करोड छ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७८ माघ दुई गतेदेखि २०७९ माघ एक गतेसम्मको लागि राख्न लागिएको हो ।
यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि २२ करोड ४६ लाख, विकास बैंकहरुको लागि चार करोड २० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ४० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही पुस १९ दिउँसो दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनु पर्नेछ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने प्रावधानहरु तोकिएका छन् ।


प्रतिक्रिया