चौबीस घण्टामा थपिए २२० संक्रमित, २५३ डिस्चार्ज
नेपालखोज
२०७८ पुष १४ गते १७:३७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४३३ जनाको पीसीआर परीक्षण गर्दा २०९ र १ हजार १७५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जना गरि कुल २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५९० पुगेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २५३ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ११ हजार ५१८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया