इजीलिंक रेमिट्यान्स र महालक्ष्मी बैंकबीच रेमिट्यान्स भुक्तानी सझौता

काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रालि र महालक्ष्मी विकास बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल, अपरेशन म्यानेजर शालिक राम दाहाल र महालक्ष्मी विकास वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्यसंचालन विभाग प्रमुख रमेश कुमार साहले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत अब इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्स रेमिट्यान्स, साइप्रसबाट मासारी पेमेन्ट सर्भिसेस, अष्ट्रेलियाबाट इजीलिंक द्रान्सफर साथै एसबिएल रेमिट, रेमिट टु नेपाल, कामना सेवा रेमिट, एडिबिएल रेमिट, लुम्बिनी रेमिट मार्फत आएको रकम महालक्ष्मी विकास बैंकको नेपालभरि छरिएर रहेका १०३ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।
छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज हुने बताइएको छ । इजीलिंक रेमिट्यान्सले आफनो व्यवसाय विस्तारलाई तिब्रता दिंदै खाडी मुलुकलगायत विश्वका विभिन्न मुलुकहरुबाट समेत तत्कालै सेवा सुचारु गर्न लागिएको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए ।
हाल इजीलिंक रेमिट्यान्स प्रालिले ग्राहकको चाहनालाई मध्यनजर गदै दक्षिण कोरिया, जापान, साइप्रस, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ । विदेशबाट पठाएको रकम बैंक खातामा पाँच मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको छ ।
ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै रकम भुक्तानीमा कुनै समस्या परेमा कम्पनीको फोन नम्बर ०१—४३८८३७५ मा सम्पर्क गर्नुहुन साथै भुक्तानी सेवा प्रदायक संस्थाहरुले समेत एजेन्ट भइ काम गर्नको लागि कम्पनीको इमेलमा कागजात पठाइ वा सोझै कार्यालयमा सम्पर्क गरि एजेन्ट लिई सेवा संचालन गर्न सकिने छ ।
नेपालभरि छरिएर रहेका बैंक तथा वित्तिय संस्था, सहकारी, फाइनान्स कम्पनी, भुक्तानी एजेन्टहरु सहित देशभरी रहेका ७ हजारभन्दा बढि एजेन्ट संञ्जालहरुमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेशन म्यानेजर शालिकराम दाहालले जानकारी गराए ।
प्रतिक्रिया