मंगलबार, वैशाख १६, २०८२

२०२१ जलवायु परिवर्तनका कारण उत्पन्न विपत्ति

नेपालखोज २०७८ पुष १५ गते १०:१५

आगलागी होस् वा बाढी, शीत लहर होस् वा फाैजी कीराको हमला, विशेषज्ञहरु के मान्छन् भने मानवले नै सिर्जना गरेको जलवायु परिवर्तनको समस्याले यो पृथ्वीको मौसममा उथल-पुथल ल्याएको छ ।

मौसममा देखापरेको यही उथल-पुथलका कारण करोडौं निर्दोष मानिसहरुले अनेकौं प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको छ । नेपालजस्तो सानो मुलुक पनि यसबाट अछुतो छैन ।

नेपालले विगतमा मानव सिर्जित विनाशका यस्ता थुप्रै घटना भोगिसकेको छ । जसमा बाढी, पहिरो, भूस्खलनजस्ता घटना प्रमुख छन् ।

बितेका दुई वर्षमा संसारमा देखापरेका यस्तै केही ठूला विपत्ति

जंगली आगो- यो वर्ष ग्रीसमा गर्मीको यस्तो लहर देखियो जुन पहिले कहिल्लै देखिएको थिएन । चर्को गर्मीका कारण नै त्यहाँको जंगलमा आगो लाग्यो जसमा करिब अढाई लाख एकडमा फैलिएको जंगल जलेर खरानी भयो । अल्जेरिया र टर्कीमा लागेको यस्तै आगोमा परेर करिब ८० जना मानिसले ज्यान गुमाए । इटाली तथा स्पेनमा पनि आगोको यस्तै प्रकोप देखियो । रेकर्ड तोड गर्मी गएको जुन महिनामा पश्चिमी क्यानाडा र उत्तर पश्चिमी अमेरिकामा अभुतपुर्व गर्मी अनुभव गरियो । ब्रिटिश कोलम्बियाको लिट्टन शहरमा तापक्रम ४९.६ डिग्री सेल्सियससम्म पुग्यो जुन आफैँमा राष्ट्रिय रेकर्ड थियो । वर्ल्ड वेदर एट्रीब्युसन (डब्ल्यूडब्ल्यूए) विज्ञान संघका अनुसार यस्तो रेकर्ड-तोड गर्मी मानव-निर्मित जलवायु परिवर्तन विना ‘असम्भव’ नै छ ।

घातक बाढी– जुलाईमा जर्मनीमा ठूलो वर्षापछि आएको बाढीमा परेर १६५ जनाको ज्यान गयो । स्विट्जरल्यान्ड, लक्जमबर्ग, नेदरल्यान्ड, अस्ट्रिया तथा बेल्जियम पनि बाढीको सिकार भए जहाँ ३१ जनाको ज्यान गयो । डब्ल्युडब्ल्यूएका अनुसार धरती लगातार तातो रहेका कारण यस्तो भीषण वर्षा हुने सम्भावना हुन्छ । चीनमा विनास लिला जुलाईमा चीनमा पनि बाढीक‍ो विनास लिला देखा पर्यो । चिनको केन्द्रिय सहर जेनजाउमा वर्ष भरि पर्ने पानी तीन दिन भित्र परे पछि आएको बाढीमा परेर ३०० जनाभन्दा बढीको मृत्यु भयो । यसक्रममा कतिपय मानिस त सुरुङ तथा सब वे ट्रेनमा अचानक बढेको पानीमा डुबेर मरेका थिए ।

अस्ट्रेलियामा पनि बाढी– मार्चमा पूर्वी अस्ट्रेलियामा भारी वर्षा पछि आएको बाढी यति ठुलो थियो कि यस्तो बाढि दशकाैं पछि देखिएको थियो । कैंयन दिनसम्म लगातार परेको पानीका कारण नदिहरुमा पानीको स्तर बितेको ३० वर्षमा सबैभन्दा उच्च स्थानमा पुग्यो । यो बाढीका कारण हजाराैं मानिस बाढीग्रस्त इलाकाबाट टाढा भाग्न बाध्य भए ।

फ्रान्समा शीत लहर– बसन्त ऋतुमा फ्रान्समा आएको शीत लहरले त्यहाँको लगभग एक तिहाई अंगुर खेती नष्ट गर्यो । यसबाट करिब २.३ अर्ब डलर नोक्सान भएको बताइएको छ । डब्ल्युडब्ल्युए भन्छ- जलवायु परिवर्तनले यस्तो ऐतिहासिक चिसोको सम्भावनालाई ७० प्रतिशत बढाएको छ ।

अमेरिकाको तुफान– अगस्तमा आएको इदा तुफानले उत्तरपूर्वी अमेरिकामा ठुलो उत्पात मच्चायो । यसमा परेर कम से कम एक सय जनाले ज्यान गुमाए भने करिब १०० अर्ब डलरको नोक्सानी भएको अनुमान गरियो । अमेरिकामा आएक‍ाे छवटा बढी नोक्सानदायक तुफानमध्ये चारवटा तुफान बितेका पाँच वर्षयता नै आएका छन् । फाैजी कीराको हमला जनवरी २०२० मा पूर्वी अफ्रिकामा अरबाैं फाैजी किराले बालीनालीको यति बिनास गरे त्यसबाट खाद्य संकट नै उत्पन्न भयो । विशेषज्ञहरु भन्छन् यति ठुलो संख्यामा फाैजी किरा जन्मनु/हुर्कनुको कारण पनि जलवायु परिवर्तन नै हो ।

अफ्रिकाको बाढी- अक्टोबर २०१९ मा भारी वर्षाका कारण सोमालियामा हजाराैं मानिस विस्थापित भए भने दक्षिणी सुडानका सहरहरु जलमग्न देखिए । केन्या, इथियोपिया तथा तान्जानियामा बाढी र भुस्खलनमा परेर दर्जनाैं मानिस मारिए ।

अमेरिकामा सुक्खा – अमेरिकाको पश्चिमी भागमा ५०० वर्ष यताको सबैभन्दा खराब सुख्खाको प्रकोप अझै जारी छ । ‘साइन्स’ पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार ग्लोबल वार्मिङका कारण यो सुख्खा दशकाैंसम्म जारी रहन सक्छ । –एएफपी

प्रतिक्रिया