सीके राउतले गरे पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको छ । आजबाट बन्द अनिश्चितकालका लागि गरिएको सीके राउतले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
किसानका मुद्दा सम्बोधन नगरेसम्म सडक बन्दको कार्यक्रम जारी रहने विज्ञप्तिमा उल्लेख छ । डा. राउतले आन्दोलनको नाम किसान आन्दोन दिएर तीनै तहका चुनाव मधेसमा गर्न नदिने समेत धम्की दिँदै आएका छन् । संघीय सरकारका मन्त्रीहरुलाई मधेस नै टेक्न नदिने जनमत पार्टीले जनाएको छ । मन्त्री सहभागीहरु कार्यक्रममा विरोध प्रदर्शन गर्ने सीके राउतको निकालेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले राखेका किसानसँग सम्बन्धित ७ बूँदे माग पूरा गर्न सरकारले वार्ता समेत नगरेको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञापनपत्र समेत लिन अस्वीकार गरेको जनाइएको छ । पार्टी कार्यकर्तामाथि बल प्रयोग गरेको, धरपकड गरेको, अंगभंग हुने गरी कुटपिट गरेको र झुठा मुद्दा लगाएको दाबी पनि गरिएको छ ।
सिराहाको औरही गाउँपालिकाले आफ्नो भण्डारबाट गहुँको बीउ लुटेको आरोपमा चार जना किसानमाथि अपराधिक क्रियाकलाप सम्बन्धी मुद्दा चलाएपछि राउत नेतृत्वको पार्टीले ध्वंसात्मक गतिविधिसहित प्रदर्शन गरेको थियो । जसका कारण सिराहामा २ दिन कफ्र्यू समेत लगाउनु परेको थियो । किसान रिहा भएपनि विभिन्न माग राख्दै राउतले बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया