बाक्लो हुस्सुका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प

नेपालखोज २०७८ पुष १६ गते ९:१६

काठमाडौं । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन नसकेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका कारण यति भिजिबिलिटी नभएको विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी नहुँदा कुवेतबाट काठमाडाैं आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा घुमिरहेका छन् । हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया