रिलायन्स लाफद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान
नेपालखोज
२०७८ पुष १६ गते १२:३६

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिकोत्सवको सु-अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको कर्पोरेट कार्यालय सहित पाँच स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा एक सय ४७ जनाले रक्तदान गरेका थिए ।
कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरेको हो ।
उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया