प्रतिनिधि सभा बैठक बस्दै

नेपालखोज २०७८ पुष १८ गते ८:२२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । 

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गर्दै आएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ।

प्रतिक्रिया