जलवायु परिवर्तन : घना बस्ती भएको क्षेत्रमा फैलिँदै छ समुद्री आँधी

काठमाडाैं । एउटा नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण उष्ण प्रदेशीय चक्रवातका दायरा बढेको बताएका छन् । चक्रवातको दायर बढेपछि आउने विनाशकारी समुद्री आँधीहरूका कारण लाखौँ संख्यामा मानिसहरू जोखिममा पर्न सक्ने उल्लेख गरिएको छ ।
अहिले यी चक्रवातहरू मुख्यतया भू-मध्यरेखादेखि उत्तर र दक्षिणमा अवस्थित उष्ण प्रदेशीय क्षेत्रहरूमा देखिन्छ । तर अनुसन्धानकर्ताका अनुसार बढ्दो तापक्रमका कारण यी मौसमी घटनाहरू मध्य-अक्षांशका भूभागमा पनि देखा पर्न सक्ने बताएका छन् । उक्त भू-भागमा न्यूयोर्क, बेइजिङ, बोस्टन र टोकियोलगायत सहरहरू छन् । अध्ययन नेचर जियोसाइन्स जर्नलमा प्रकाशित भएको छ ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार यस शताब्दीको अन्त्यसम्ममा यी चक्रवातहरूले तीस लाख वर्ष पहिले झैँ निकै वृहत् दायरामा असर पुर्याउने छन् ।
सन् २०२० सेप्टेम्बरमा पोर्चुगलमा अल्फा आँधीले पहिरो निम्त्यायो । तुलनात्मक रूपमा सानो आकारको उक्त क्षति समाचारको शीर्षक बनेन तर वैज्ञानिकहरूका लागि यो एक महत्त्वपूर्ण घटना थियो ।
‘हामीले यस्तो कहिल्यै अनुभव गरेका थिएनौँ,’ येल विश्वविद्यालयका भौतिकशास्त्री जोस्वुवा स्टडहोल्मले भने । ‘पोर्चुगलमा यसअघि कहिल्यै नदेखिएको आँधी परम्परागत मध्य-अक्षांश आँधी समयक्रममा खिइँदै र स्वरूप परिवर्तन गर्दै विकसित भएको हो,’ उनले भने।
डा. स्टडहोल्मले यस अनुसन्धानको नेतृत्व गरेका थिए । उक्त अध्ययनले प्रक्षेपण गरे अनुसार जलवायु परिवर्तनका कारण मध्य अक्षांशका भूभागहरूमा यस्ता आँधीहरू उत्पन्न भइरहेका छन्। जहाँ विश्वको अधिकांश जनसङ्ख्या रहेको छ र अधिकांश आर्थिक गतिविधिहरू यही भूभागमा हुने गर्दछ ।
उनले व्याख्या गरे अनुसार जब पृथ्वीको तापक्रम बढ्दै जान्छ तब भूमध्यरेखा र ध्रुवीय क्षेत्रबीचको तापक्रम भिन्नता घट्दै जान्छ। जसले जेट स्ट्रीम्स भनिने हावाको बहावलाई समेत प्रभावित गर्छ ।
जेट स्ट्रीम्स पृथ्वीको सतहभन्दा कयौँ किलोमिटर माथि घेरा लगाएर रहेको हुन्छ । सामान्यतया हावाका यी उच्च तहले आँधीलाई भूमध्यरेखा केन्द्रित गराउन सीमा रक्षकको काम गर्छ । बीबीसी
प्रतिक्रिया