राष्ट्र बैंकले भोलि ९ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
नेपालखोज
२०७८ पुष १८ गते १९:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने पुस २० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड रुपैयाँको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ चैत २२ गते तोकिएको छ । यसअघि यही पुस १२ गते पनि राष्ट्र बैकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सम्बन्धित

प्रतिक्रिया