प्रचण्डले पेस गरेको केन्द्रीय सदस्यहरूको सूची पारित
नेपालखोज
२०७८ पुष १८ गते १९:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्द सत्रमा पेस गरेको केन्द्रीय सदस्यहरूको सूची पारित भएको छ ।
काठमाडौं कमलादीको प्रज्ञा भवनका चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज पेस गरेको सूची बन्द सत्र हलले अनुमोदन गरेको हो । अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ एक सय २५ जना र खुलातर्फ एक सय ११ जना गरी दुई सय ३६ जनाको नामावली पेस गरेका थिए ।
दुई सय ९९ सदस्यमध्ये अब बाँकी ६३ सदस्य मनोनित रहनेछन् । केन्द्रीय सदस्यहरूले पदाधिकारी चयन गर्नेछन् । पदाधिकारीको टुङ्गो भने भोलि मात्रै लगाउने माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया