आज दिउँसो देशभर आंशिक बदली रहने, उपत्यका र तराईका भू-भागमा हुस्सु/कुहिरो

काठमाडाैं । हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको तथा उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति देशभर आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै भाेलि (मंगलबार) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने तथा राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ साथै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।
यसैगरी पर्सि बुधबार सुदूर-पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने भने सुदूर-पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली रहने छ ।
सुदूर-पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया