दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगलागी
नेपालखोज
२०७८ पुष २० गते ९:५३

काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ । आइतबार लागेको आगो निभाइएपछि पनि फेरि आगो लागेको हो । आगो लागे कै केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको हो ।
सोमबार भवनको छतमा आगोको लप्का देखिएको थियो । अग्नि नियन्त्रकहरुले दमकलको सहायतामा आगो निभाएका छन् । सबैभन्दा पहिले आइतबार लागेको आगोले नेश्नल एसेम्बली अर्थात् तल्लो सदनमा क्षति भएको थियो ।
आगलागीमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । उनीमाथि आगजनी, चोरी र तोडफोडको मुद्दा चलाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया