यी हुन् राष्ट्रियसभामा उम्मेद्वारी दिनेहरु (नामसहित)

काठमाडौं । राष्ट्रियसभा उम्मेद्वारका लागि मनोनयन दर्ता जारी हुँदा पार्टीहरुले उम्मेद्वारको टुंगो लगाएका छन् । चुनावमा नेकपा एमालेसँग ५ दलीय गठबन्धन लड्दैछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर प्रतिस्पर्धा गर्दैछन् । गठबन्धन सबै प्रदेशमा बलियो देखिएको छ । राष्ट्रियसभा सदस्यका लागि मत दिने अधिकार प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग हुन्छ ।
नेकपा एमाले खुला प्रदेश १ बाट मोरङका गुरु बराल उम्मेद्वार बनेका छन् । यता गठबन्धनका तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत उठ्ने भएका छन् । प्रदेश १ महिलातर्फ एमालेबाट झापाकी सुमित्रा भण्डारी चयन हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी जयन्ती राई चुनिएकी छिन् । प्रदेश १ अल्पसंख्यकमा एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पाले प्रतितस्पर्धा गर्दा गठबन्धनका तर्फबाट हेमराज राई उठ्ने भएका छन् ।
प्रदेश २ खुलामा एमालेबाट असर्फी भिनवार यादव उम्मेद्वार बन्दा गठबन्धनाबाट जसपाका मोहम्मद खालिद सिद्दिकी चुनाव लड्दै छन् । प्रदेश २ महिलामा एमालेको तर्फबाट रौतहटकी बिना साह र गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल प्रतिस्पर्धा गर्दै छिन् ।
बाग्मती खुलामा ललितपुरका गोपाल शाक्य एमालेबाट उम्मेद्वार बन्दा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल छन् । बाग्मती महिलामा सिन्धुलीकी निरकुमारी कुँवर एमालेबाट उम्मेद्वार बन्दा गठबन्धनबाट एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेद्वारी दिएकी छिन् ।
गण्डकी खुलामा कास्कीका पुण्यप्रसाद पौडेल एमाले उम्मेद्वार बन्दा गठबन्धनबाट माओवादीका सुरेश आले मगरले उम्मेद्वारी दिएका छन् । गण्डकी महिलामा नवलपुरकी लीला पोखरेल एमालेबाट र गठबन्धन कांग्रेसबाट कमला पन्त उम्मेद्वार छिन् । दलितबाट अर्जुनकुमार सुनाम एमाले र गठबन्धनबाट माओवादीका भरत सुनार उम्मेद्वार छन् ।
लुम्बिनी खुलामा एमालेबाट दाङका रामदयल गुप्ता र गठबन्धन कांग्रेसबाट युवराज शर्मा उम्मेद्वार छन् । महिलामा एमालेबाट बाँकेकी भारती खनाल उम्मेद्वार बन्दा एकीकृतकी राजेन्द्रलक्ष्मी गैरे छिन् । दलितमा गुल्मीबाट कृष्णबहादुर सुनार एमाले उम्मेद्वार बन्दा गठबन्धनबाट जनमोर्चाका राजेश विश्वकर्मा छन् ।
कर्णाली खुलामा सुर्खेतका चुडामणि शर्मा एमाले र गबन्धन एकीकृत समाजवादीबाट उदय बोहोरा उम्मेद्वार बनेका छन् । महिलामा जुम्लाकी गंगा थापा महत एमाले र गठबन्धनबाट कांग्रेसकी दूर्गाकुमारी गुरुङ उम्मेद्वार बन्ने भएका छन् । अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझी एमाले र गठबबन्धनबाट माओवादीका नरबहुदुर विष्ट उम्मेद्वार बन्दैछन् ।
सुदूरपश्चिम खुलामा डोटीबाट एमालेका डिलिराज भट्ट र गठबन्धबाट कांग्रेसका नारायण मिश्र प्रतिस्पर्धामा छन् । महिलामा कैलालीकी सन्तोषकुमारी शर्मा एमाले र गठबन्धनबाट एकीकृतकी मदनकुमारी शाह उम्मेद्वार छिन् । दलितमा बैतडीका नरेश बिक एमाले र गठबन्धनबाट माओवादीका जगत पार्की उम्मेद्वार छन् ।
७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य समूह गरी १९ सिटका लागि निर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया