सोमबार, वैशाख १७, २०८१

‘जे वास्तविक छ, त्यो जीवन हो’

नेपालखोज २०७८ पुष २३ गते ७:४१

-हामीले यस्तो शिक्षा व्यवस्था निर्माण गरेका छौँ, जुन दुर्भाग्यवश धेरै हदसम्म सुधार केन्द्र जसरी काम गर्छन् ।

-बच्चाहरूलाई सुधार्न आवश्यक छैन, उनीहरूलाई विशाल सम्भावनाहरूको लागि विकास गरिन जरूरी छ । अरूले जे गरिरहेका छन्, तपाईंले पनि त्यही गर्न जरूरी छैन ।

-एक जीवनको रूपमा तपाईंको निम्ति जुन कुराले वास्तवमै महत्त्व राख्छ, तपाईंले त्यही गर्नुपर्छ । ग्लानि समाजद्वारा विकसित भावना हो । यस्तो विष जुन स्वयं तपाईंतर्फ लक्षित हुन्छ ।

-यो निहीत स्वार्थ भएका तत्त्वहरूले तपाईंलाई दास बनाउने तरिका हो । विश्वको लागि गर्न सकिने सबैभन्दा ठूलो योगदान भनेको आफू आनन्दको शिखरमा रहनु हो । तब, तपाईंले जे गर्नुहुनेछ, त्यो वास्तवमै अद्‌भुत हुनेछ । विज्ञान र प्रविधिले गर्दा मानवजातिले अपार ज्ञान र क्षमता पाएका छन् । तर, के हामी यसलाई आफ्नो कल्याणको लागि प्रयोग गरिरहेका छौँ ? सचेतन मानिसहरू र सचेतन संसार निर्माण गरिएन भने, यी सबैथोकले विनाश निम्त्याउनेछ । यदि असफलताको जोखिम भएन भने, त्यहाँ सफलता पनि हुन सक्दैन ।

-प्रतिस्पर्धाको तुलनामा सहकार्य निकै बढी शक्तिशाली हुन्छ । तपाईं आनन्दित र शान्त रहेको बेलामा तपाईंको शरीर र दिमागले उत्तम तरिकाले काम गर्छन्, तपाईं दबाबमा भएको बेलामा होइन ।

-यो शरीर यस्तो मेशीन हो, जसलाई जति उपयोग गऱ्यो त्यति राम्रो हुँदै जान्छ । मुस्कुराउनु कुनै कार्य होइन । यदि तपाईं आफूभित्र तृप्त अनि सहज महसुस गरिरहनु भएको छ भने, तपाईं स्वत: मुस्कुराउनु हुनेछ ।

-तपाईंका हातहरू यसकारण उपयोगी छन्, किनकि ती तपाईंले चाहेको ठाउँमा जान्छन् । त्यसैगरी, तपाईंको मन पनि तब मात्र उपयोगी हुन्छ, जब यो तपाईंले चाहेको ठाउँमा जान्छ ।

-आफ्नो सेरोफेरोका मानिसहरूमा तपाईंले जे सबैभन्दा उत्तम गुण देख्नुभएको छ, तिनलाई त्यही गुणबाट चिन्नुहोस् । जब तपाईं कसैलाई खराब गुणबाट चिन्नुको सट्टा तिनको सबैभन्दा उत्तम गुणबाट चिन्नुहुन्छ, तब तपाईं तिनको सर्वश्रेष्ठ गुणलाई उजागर र विकसित गर्नुहुन्छ, अनि सबैजनाबाट सबैभन्दा उत्तम प्राप्त गर्नुहुन्छ ।

-हामी जुन समयमा बाँच्दछौँ, हाम्रो जीवनशैली त्यसैको परिणाम हो । तर, जे वास्तविक छ, त्यो जीवन हो । तपाईं जे गर्न सक्नुहुन्न, तपाईंले त्यो गर्नुभएन भने, ठीकै छ । तर, तपाईं जे गर्न सक्नुहुन्छ, तपाईंले त्यो गर्नुभएन भने, तपाईंको जीवन दुर्भाग्यपूर्ण छ ।

प्रतिक्रिया