शुक्रबार, जेठ ३, २०८२

ज्योति विकास बैंकको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित

नेपालखोज २०७८ पुष २३ गते २३:५५

काठमाडौं । ज्योति विकास बैंकको १४औं वार्षिक साधारण सभा शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।

सभाले बैंकको आर्थिक बर्ष २०७७–०७८ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा चार दशमलव पाँच प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले ११ प्रतिशत बोनश सेयर पारित गरेपश्चात बैंकको चुक्ता पुँजी चार अर्ब २६ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमश बैंकको १०६औं, १०७औं र १०८औं शाखाको उद्घाटन गरेका हुन् । यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या एक सय आठ पुगेको छ ।

प्रतिक्रिया