शुक्रबार, वैशाख १४, २०८१

आइक्लब डिस्कोथेकमा ‘दसैँ आयो’

नेपालखोज २०७८ असोज २२ गते ११:३४

काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘दसैँ आयो’ स्टाइल आइकन फेसन शो सम्पन्न भएको छ । आइक्लब डिस्कोथेक गरिएको फेसन शो कार्यक्रमको कोरियोग्राफ धिरज तन्दुकारले गरेका थिए ।

काठमाडौंमा हिजो (बिहीबार) सम्पन्न भएको कार्यक्रममा श्रिजा खरेल, पुर्णिमा प्रजापती, गीतान्जली बलायर, निर्मला धिताल, नेहा यादव, रोजीन लामिछाने, सोनिया विश्वकर्मा, नीतु सुनार, आश्ना श्रेष्ठ लगायतका मोडल सहभागी थिए । रोमिसा महर्जन, अनु महर्जन, सनिशा शाख्य, अनु श्रेष्ठ, सुस्मिता तामाङ, दिक्षा खड्गी, सदिक्षा आर्यल, बिनी केसी, लक्ष्मी गलालले ब्युटिसियनको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया