बिहीबार, जेठ २, २०८२

सामान्य रुघाखोकी र कोरोना संक्रमणको फरक कसरी छुट्टयाउने ?

जब भाइरस नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छ त्यसपछि हामीलाई आफू संक्रमित भएको अनुभव हुन थाल्छ ।

नेपालखोज २०७८ पुष २४ गते १९:०५

काठमाडौं । संसारभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई अहिलेसम्म गम्भीर रूपले बिरामी बनाउने भेरियन्ट मानिएको छैन । यद्यपि यसको संक्रमणको रफ्तार भने डरलाग्दो साबित भइरहेको छ । अर्कातिर अहिले चिसो-सर्दीको मौसम चलिरहेको छ जहाँ रुघाखोकी, ज्वरो आदि सामान्य मानिन्छ ।यस्तोमा लापरबाही वा भ्रमका कारण कोरोना संक्रमणलाई सामान्य रुघाखोकी मान्ने स्थिति हुनसक्छ अनि पछि गएर यसको परिणाम गम्भीर निस्कन्छ । सामान्य रुघाखोकी र ज्वरो तथा कोरोना भाइरसको लक्षण एकै खालको हुने हुँदा डाक्टरहरु सही अवस्था पत्ता लगाउन टेस्टिङ नै गराउने सुझाव दिन्छन् ।

चिसोले ज्वरो फुटाउने भाइरस, फ्लु र कोभिड-१९ एकै किसिमले फैलन्छन् । जब भाइरस नाक वा मुखको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ त्यसपछि हामीलाई आफू संक्रमित भएको अनुभव हुन थाल्छ । कुन भाइरसले कति समयमा हामीलाई बिरामी भएको महसुस गराउँछ भन्ने कुरा भाइरसअनुसार फरक-फरक हुन्छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले संक्रमित कतिपय मानिसले आफूलाई बिरामी नै अनुभव गर्दैनन् यस्तो आवस्थामा उनीहरुले अरुलाई भने संक्रमित गरिरहेका हुन्छन् । मेरील्यान्ड युनिभर्सिटीका असिस्टेन्ट रिसर्च प्रोफेसर क्रिस्टन कोलमेन भन्छिन्- फ्लु र कोभिड-१९ दुबैमा रुघाखोकी, ज्वरो, थकान तथा मांसपेशिको पीडा जस्ता लक्षण देखिन्छन् । कोरोनाको अन्य भेरियन्टमा भने स्वाद र गन्ध हराउने समस्या पनि हुन्छ ।

सावधानी जरुरी छ
सामान्य ज्वरोमा लक्षण पनि हल्का नै हुन्छ । यस्तो अवस्थामा नाक बग्ने व घाँटी दुख्ने समस्या पनि हुन्छ । फ्लुमा सबैजसोलाई ज्वरो आउँछ । अहिले के पनि भनिँदै छ भने फ्लु र कोरोना संक्रमण एक साथ पनि हुन सक्छ । यस्तो परिस्थितिलाई ‘फ्लुरोना’ पनि भन्न थालिएको छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले संक्रमित कतिपय मानिसले आफूलाई बिरामी नै अनुभव गर्दैनन् यस्तो आवस्थामा उनीहरुले अरुलाई भने संक्रमित गरिरहेका हुन्छन् ।

यसरी एकसाथ दुई किसिमका भाइरसको संक्रमण एक साथ हुनु खतरनाक हो । कोलमेन भन्छिन्- यस्तो अवस्थामा दुवै संक्रमणको लक्षण महसुस हुन्छ र शरीरको अवस्था पनि खराब भएर जान्छ । कोलमेनका अनुसार, ‘यदि इन्फ्लुएन्जाका बिरामी यसरी नै बढ्दै गए भने आउने केही सातामा धेरै मानिस एक साथ यी दुई किसिमका भाइरसबाट संक्रमित हुने सम्भावना छ ।’

अहिले के हल्ला पनि छ भने ओमिक्रोन सामान्य फ्लु मात्र हो जसलाई कोरोनासँग जोडेर नयाँ नाम दिइएको छ । यद्यपि यो सत्य होइन । विशेषज्ञहरु भन्छन्- ओमिक्रोन र फ्लुको भाइरसमा केही समानता त छ तर यी दुवै भाइरस विल्कुल अलग-अलग हुन र यसको हाम्रो शरीरमा हुने असर पनि अलग-अलग खालको हुन्छ ।

यसरी विभिन्न किसिमका भाइरसको संक्रमणको लक्षण मिल्दाजुल्दा भएपछि आफूमा कुन भाइरसको संक्रमण भएको हो बुझ्न कठिन हुनु स्वभाविक हो । यस्तो स्थितिमा सही कुरा पत्ता लगाउने उपयुक्त माध्यम टेस्टिङ तथा चिकित्सकसँगको परामर्श नै हो ।

फ्लुको जाँचका लागि टेस्टिङको व्यापक सुविधा उपलब्ध छैन जति कोरोनाको टेस्टिङको छ । कतिपयले एक साथ दुवै भाइरसको टेस्टिङको सुविधा पनि उपलब्ध गराउँछन् जसमा डाक्टरहरुलाई सही स्थिति बुझ्न मद्दत मिल्छ । कोलमेन भन्छिन्- कतिपय ल्याबमा एउटै स्याम्पलबाट अलग-अलग भाइरस पत्ता लगाइन्छ ।

भ्याक्सिन कोरोना संक्रमणबाट सुरक्षा दिने अचुक उपाय हो भने फ्लुबाट जोगाउने खोप पनि बजारमा उपलब्ध छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको सुझाव छ- फ्लु र कोभिड-१९ को खोप वा बुस्टर डोज एक साथ लिन सकिन्छ ।
-रोयटर्स

प्रतिक्रिया