दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देश्यीयका नामबाट एकिकृत कारोबार सुरु

काठमाडौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाडौं ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु काठमाडौं एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ ।
आज श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेडको २२औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमति पछि एकिकृत कारोबार सुरु गरिएको घोषणा गरियो ।
संयुक्त साधारण सभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङ्गको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताए ।
त्यसैगरी संस्थाले सदस्यहरुको लागि “जन्मदेखि मृत्यु सम्म ॐ श्रीशान्ति सहकारी हरेक सदस्यको घरघरसम्म कार्यक्रम” अन्र्तगत सदस्य बिमा कार्यक्रमको सुरुवात गर्ने र संस्थाका सदस्यहरुलाई सुत्केरी भेटघाट कार्यक्रम अन्र्तगत महिला उपसमितिको समन्वयमा सदस्यहरु सुत्केरी हुँदा संस्थाबाट कपडा (लुगा) र १ हजार ५ सय भत्तासहित भेटघाट गरी बधाई ज्ञापन कार्यक्रम लागू गरिएको शर्माले बताए ।
प्रतिक्रिया