बखेडा निकाल्न बन्द गरियोस्

नेपालखोज २०७८ पुष २५ गते १२:५७

लक्ष्मी खतिवडा लेख्छिन्- महाधिवेशन सकिएको एक महिना नहुदै भर्खर चुनाव हारेकालाई महामण्डलेश्वरको उपाधि दिँदै प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु पर्यो रे अनि मात्र चुनाव जितिन्छ रे । होइन प्रधानमन्त्री हुन पहिले संघीय सांसदमा चुनाव जित्नुपर्छ भन्ने थाहा रहेनछ प्रधानमन्त्रीका आकांक्षीलाई ? एक्लै चुनाव लड्न रहर गरेकाहरूले अघिल्लो पटक गठबन्धन गर्दा पनि सुइ खाएका होइनन ? बात करते हो ।

अब हेराैं याे स्ट्याटसमा आएका कमेन्ट

पुष्कर खड्का : केपी भट्टराईले चुनाव लड्दा भावी प्रम भनेर लडेका थिए र बहुमत दिलाइ प्रम भएको इतिहास पनि छ, तसर्थ यति आक्रोसित हुनु आवस्यक छैन कि, अब एक ब्यक्ति एक पद हुनुपर्छ ।

बिन्दुकान्त घिमिरे : सकेसम्म खेद्नुपर्छ हरुवाहरुलाई । हरुवाहरु कांङ्ग्रेसमा रहेसम्म श्री ३ हरुलाई ढुक्कले निन्द्रा लाग्दैन ।

मिश्र अम्बिका : यस्ता कुरा बाका गोठाला गोकुल बास्कोटा, सुर्य थापाले मात्रै बोल्थे/लेख्थे त हैट ।

तेन्जिङ शेर्पा : ३० वर्ष काम गरेकाहरू, नेविसघं र नेपाल तरूण दल हुँदै पार्टीमा काम गरेकाहरू, गणेशमानजी, किशुनजी र शुशिलदाले पत्याएकाहरू अब भाइरस त हुन्छन त ? यो युग त जागिरे र पेन्सनबालाहरूको लागि स्वर्णिम युग हो काँग्रेसमा ।

बिपेन्द्र बिपिएन : पार्टीले आउँदो चुनावमा एलायन्स गर्ने/नगर्ने भन्ने संस्थागत निर्णय गर्ने कि सस्तो लोकप्रियताका खातिर जे मन लाग्यो त्यही, जहाँ पायो त्यहीँ बोल्दै हिँड्ने ? अनि उनीहरु नै विधि र पद्धतिका कुरा गर्ने ! गगन र बिश्वप्रकाशलाई अगाडि सार्ने कुरा गर्दा बेस हुने ।

आनन्द बिक्रम शाहि : हरुवाले त चुपलागेर बस्दा हुने हाे ।

चिरञ्जीवी बस्याल : हारको चिन्ता पोखेर हल्का भाको देखियो ।

किरण न्याैपाने : चुनाव जितेको सभापतिलाई बिनाशर्त सहगोग गर्नुपर्छ । चुनाव अगाडिका मुद्दा चुनावपछि आउनु हुँदैन । नारा : शेखर आउ कांग्रेस बचाउ ।

सापकोटा म : पहिले लालबाबुबाट आफ्नो क्षेत्र त बचाउ ! त्रिविश्वन गिरी एकता नै बल हो । जयनेपाल ।

हरि खतिबडा : जय वरिष्ठ चाहियो होइन भने चुनाव हार्छ रेन्त पार्टी ले !

महेन्द्र बम : कमल थापाको पार्टीमा गए हुन्छ हार स्वीकार गर्न नसक्नेले ।

सुबिध गुरागाँई : यसरी दुरी बढाउने काम सही होइन । विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा कसैले दोस्रो–तेस्रो दर्जा पाउँदा–पाउँदै पनि पार्टी फुटाइबक्सेको बिर्सन मिल्दैन । फेरि त्यसरी नै फुटे फुटोस्, जेसुकै होस् … भन्नेतिर नधकेलौँ ।

नवीन खेमराज पोखरेल : हो यिनीहरू समानुपातिक वसे भने कोनी संघियमा त चित खान वेर छैन, कार्यकर्तालाइ समेटेर लाने नेता चाहिन्छ । चुनाव जीतेको अहिलेको तालमा गए चुनाव पछि कांग्रेसको हालत के होला तेता तिर ध्यान दिने की ? मुक्ती नाथ पन्त कि बरु पुरै कित्ता काट नै भएर जाँदा राम्रो नत्र विभिन्न खाले बखेडा निकाल्न लगाउने कार्य र निकाल्ने काम बन्द गरियोस् ।

राजु सोलु सल्यान : काम नलाग्ने भो नेपाली काङ्ग्रेस आन्तरिक किचलोले । बुझेर पनि अबुझ भएपछि कस्को के लाग्छ ? यो जानीजानी मुर्ख हुनु हो ।

सुमन श्रेष्ठ : यस्ता कुराहरूलाई ठट्टा गरेको सम्झिनुपर्छ ।

देबिन्द्र शाही ठकुरी : यो म वाद को घमण्ड होला नि । एक अर्कामा आरोप प्रत्यारोप गरेर घाउ चर्काउँदै जानु वा दुरी बढाउनुभन्दा दुरी घटाउने उपाय खोजेर स्टाटस लेख्न हार्दिक अनुरोध ।

दामोदर न्याैपाने : द्वन्द्वभन्दा त प्रेम नै राम्रो । हाम्रा वाक्यहरू दुरी घटाइने मनसायले प्रयोग भए भने प्रेम बढ्दै जान्छ । जुनसुकै दलमा पनि धाँजा फाट्नुभन्दा धाँजा मेटिनु नै समाजका लागि फाइदा छ ।

प्रतिक्रिया