ओलीले झापामा आज उद्घाटनदेखि निरीक्षणसम्म गर्ने

नेपालखोज २०७८ पुष २५ गते ११:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाका चार कार्यक्रममा एकैदिन सहभागी हुँदैछन् । आज गृह जिल्ला झापामा अध्यक्ष ओलीले भद्रपुरमा रहेको नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि ओलीले कमल गाउँपालिकाको गेउरियामा निर्माणाधिन आयूर्वेदिक औषधालयको निरीक्षणको कार्यक्रम छ । त्यसपछि कमल गाउँपालिका कै तोपगाछी खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

ओलीको आजै क्षेत्र नं ४ झिलझिलेको वाटर किङडम पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया