कर्मचारीलाई कांग्रेसले पार्टी सदस्यको रुपमा लिन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीलाई आफ्नो पक्षमा काम गर्न नेपाली कांग्रसले निर्देशन दिने गरेको बताएका छन् । आज झापाको चन्द्रगढीमा निजामती कर्मचारी संगठनको भवन उद्घाटन गर्दै ओलीले नेपाली कांग्रेसले कर्मचारीलाई आफू अनुकूल बनाउने गरेको आरोप लगाए ।
उनले आफू नेतृत्वकाे सरकारलाई पनि असफल बनाउन कांग्रेसले उर्दी नै जारी गरेको आरोप लगाए । ओलीले कांग्रेसले लोकतान्त्रिक मुल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गरे । उनले भने, ‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन ।’
सत्तामा रहेको कांग्रसले कर्मचारीलाई विरोधीविरुद्ध लाग्न निर्देशन दिने गरेको दाबी गरे । अध्यक्ष ओली आज झापामा उद्घाटनदेखि निरीक्षणसम्मका काममा सक्रिय थिए । उनी आज नै राजधानी फर्किने बताइएको छ ।

प्रतिक्रिया