शुक्रबार, जेठ ३, २०८२

ज्येष्ठ नागरिक समाजका ९५ जनाको नि:शुल्क जाँच

नेपालखोज २०७८ पुष २५ गते १७:४३

काठमाडौं । लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडमौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पतालको संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिकाको खोपासीमा साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको नि:शुल्क स्वास्थ चेकजाँच गरिएको हो ।

२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निशुल्क इसीजीको चेकजाँच गरिएको हो । लायन्स क्लब काठमाडौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको नि:शुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरे ।

दैनिक भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजका महासचिव भुषणकुमार श्रेष्ठले बताए । साथै जन्मदिन र वैवाहिक जीवनमा बाधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उनले बताए ।

भोमी अस्पतालका म्यानेजर राजेशकुमार शाहीले आगामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने बताए । त्यस्तै, भोमी साहारा कार्ड बितरण गरेको उनले बताए । भोमी साहारा कार्डमा नि:शुल्क एम्बुलेन्स, नि:शुल्क चेकअप, नि:शुल्क परामर्शसहित अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया