शुक्रबार, जेठ ३, २०८२

कामना सेवा विकास बैंक र नमस्ते–पे बीच अनलाइन भुक्तानीका लागि साझेदारी

नेपालखोज २०७८ पुष २५ गते १८:०४

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पे बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी पत्रमा हस्ताक्षर भएको छ । साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले हस्ताक्षर गरे ।

बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैंकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर, एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु दिँदै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया