आइतबार, वैशाख १४, २०८२

व्रत !

नेपालखोज २०७८ पुष २६ गते ५:००

वैदिक समाजमा कैयन् प्रकारका व्रतहरुको विधि विधानका बारेमा बताइएको छ । हरेक व्रतको आ–आफ्नै प्रकारको महत्त्व तथा विशेषता रहेको छ । समय, काल, बेलाअनुसार शास्त्रमा वर्णन गरिएको निश्चित नियमको पालना गरी व्रत तथा उपासना गर्नाले भगवान प्रप्तीको मार्ग तय हुनेछ भने व्यक्तिमा शारीरिक र मानसिक सुखको अनुभूति प्राप्त हुनेछ । शारीरिक तथा मानसिक रोगको दूर गर्नका लागी व्रत उपवास एक महाऔषधि हो । यसको कारण यो हो कि भोजनको अभावमा शरीरको जठराग्नि रोग उत्पादक विकार जलाउँछ, जसको कारण रोगको जडनै समाप्त हुन सक्छ ।

यसका साथसाथै उपासना तथा व्रत मानसिक शान्तिको निमित्त अत्यन्त लाभदायीक मानिएको छ । यसको कारण यो हो कि भोजनको बल पाकेर नै सबै इन्द्रियको विषयमा मन लाग्छ (कार्य गर्छ), भोजन ग्रहण नगर्दा सबै इन्द्रियहरु निर्बल भएर सुखको अनुभूति गर्छ । सरल भाषामा भन्नुपर्दा हरेक दिन व्यस्त भई काम गरिरहेका इन्द्रियहरुले कम्तिमा एक दिन वा केहि समयको लागि भएपनि आराम पाउनेछन् सो समयमा भोजन पचाउने जठराग्निले सूक्ष्म रोग आदिको नष्ट गराउने छ ।

यसरी विषय निवृत्ति भएर काम, क्रोध आदि मानसिक रोगको निवृत्ति हुने गर्छ । जो व्यक्ति एक दिन, एक सप्ताह या एक मास बिना अन्न सेवन बस्दछ सो समयमा अन्न जलरुप प्रकृतिको अधीन हुँदैन । यस प्रकार प्रथम त प्रकृतिको पराधीनता मेटिनेछ र हामीमा त्यस्तो आत्मबल प्रााप्त हुन सक्दछ कि हामीमा केहि हदसम्मको प्राकृतिक परनिर्भरताको कमि भएको अनुभूती भएको जस्तो विचार उत्पन्न हुन थाल्नेछ ।

जसले गर्दा आत्मबल अत्यन्त बढेर जानेछ, यसका साथै मानसिक रोगको सिकार भएमा यसबाट पनि उन्मुक्ति पाउनेमा कुनै संकोच छैन । व्रतको समयमा इश्वरको भाव मनमा जागृत हुन अत्यन्त जरुरी छ ।

मनको शुद्धिका लागि भगवान् प्राप्तिका लागि ध्यानमा केन्द्रित हुनु र मनमा सकारात्मक विचारको प्रवाहित गर्नु अत्यन्त जरुरी छ । यसबाट मात्र व्रत बस्नुको शारीरिक तथा मानसिक सुखको प्राप्ति हुन सक्दछ ।

प्रतिक्रिया