राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) देखि आचारसंहिता लागू गरिएको छ । संघीय, प्रदेश र स्थानीय सरकार, विभिन्न मन्त्रालयगत मन्त्रीहरु र सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई निर्वाचनको आचारसंहिता लागू हुनेछ ।
यसैगरी, अर्धसरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले पनि निर्वाचनका बेला आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेश २ मा दुईवटा मतदान स्थल र अरु प्रदेशमा एक/एक मतदानस्थल राखिने भएको छ ।
राष्ट्रियसभा निर्वाचनमा अन्तिम नामावली अनुसार २ हजार २५ जनाले मतदान गर्नेछन् । देशका सातवटै प्रदेशमा ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा भाग लिँदैछन् । आचारसंहिता पालना नगर्नेलाई कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी समेत दिएको छ । राष्ट्रियसभाका लागि रिक्त १९ सदस्यको निर्वाचन आगामी माघ १२ गते हँदैछ ।

प्रतिक्रिया