जिल्ला अधिवेशनमा सहभागी हुन ओली पुगे संखुवासभा
नेपालखोज
२०७८ पुष २६ गते १३:३१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संखुवासभा पुगेका छन् । आज जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रममा ओली सहभागाी हुँदै छन् ।
सदरमुकाम खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्न ओली संखुवासभामा छन् । ओली अहिले जिल्ला अधिवेशन उद्घाटन गर्न देश दौडाहामा छन् ।
बहुमतको सरकार बनाएर एक वर्षभित्र सिंहदरबार छिर्ने अभिव्यक्ति दिँदै आएका ओली विभिन्न जिल्लाको भ्रमणमा व्यस्त छन् । ओली आइतबार मात्र गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सम्बोधन गर्दै उद्घाटन र निरीक्षणमा व्यस्त रहे । उनले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया