मंगलबार, वैशाख १६, २०८२

स्वास्थ्य सतर्कता अपनाएर वित्तीय कारोबार सञ्चालन गर्नु : राष्ट्र बैक

नेपालखोज २०७८ पुष २६ गते १५:२६

काठमाडौं । नेपाल राष्ट्र बैकले आवस्यक स्वास्थ्य सर्तकतासहित बित्तीय कारोवार सञ्चालन गर्न निर्देशन दिएको छ । आज सञ्चालनमा रहेका बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुुबित्त बित्तीय संस्था समेतको नाममा सार्वजनिक सुचना जारी गर्दै कोभिड–१९ को बिश्व महामहारीबाट बचेर आवस्यक स्वास्थ सर्तकतासहित बित्तीय कारोवार सञ्चाल गर्न निर्देशन दिएको हो ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको पालना गर्न भनिएको छ । सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा जोखिमलाई न्युनीकरण गर्न आवस्यक उपायहरु अवलम्वन गर्न निर्देशन समेत बैंकले दिएको छ । सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम गरेर सेवा प्रवाह गर्न पनि राष्ट्र बैकले निर्देशन दिएको हो ।

बैंक तथा बित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्युनीकरण गर्न ढोका खुल्ला राखी स्यानीटाईजर लगायतका सामाग्रीहरुको व्यवस्था गर्ने पनि राष्ट्र बैकले निर्देशन दिएको छ । यसैगरी बैंक तथा बित्तीय संस्थारुबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौत्तिक दुरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रमहरु सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैकले निर्देशन दिएको छ ।

प्रतिक्रिया