शुक्रबार, जेठ ३, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द शुसी बारमा १० प्रतिशत छुट

नेपालखोज २०७८ पुष २६ गते २१:३०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द शुुसी बार मल्टी कुजाईनबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले शुसी बारमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

शुसी बारले काठमाडौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दे आइरहेको छ । बैंकले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया