शनिबार, वैशाख १३, २०८२

होस् गर्नुस् है, बीचैमा व्यायाम रोके बेफाइदा बढी

नेपालखोज २०७८ पुष २७ गते ८:२१

काठमाडौं । शरीरलाई संतुलनमा राख्न चाहाने व्यक्ति बढी मोटो र बढी दुब्लो पनि हुन चाहाँदैन । चाहेको आकारमा शरीर बनाउन सजिलो छैन । चाहेको आकारमा आउन हामीलाई महिनौं दिन व्याम गर्नुपर्ने हुन्छ । शारीरिक व्यामबाट फिटनेस भएर चटक्कै छाडिदिए त्यो अभिसाफ हुनसक्छ । शरीरलाई आकारमा ल्याउन जति अप्ठ्यारो छ, विगार्नलाइ भने धेरै सजिलो छ ।

शरीर अनफिट भयो भनेर सोच्नुभन्दा कसरी शरीरलाई फिटनेसमा राख्ने भनेर सोच्नु राम्रो कुरा हो । फिटर बन्ने मुख्य चाबी भनेको शरीरलाई मांसपेसीको बढी लोड हुन नदिनु हो । हामीले शरीरलाई संतुलनमा राख्छौ भने शरीरले धेरै काम गर्छ । व्यायामले शरीरर मानसिक रूपमा हुने तनाव हटाउँछ । हामीलाई हरेक कुरामा अनुकूल बनाउँछ । धेरै नै सहनशील बनाउँछ ।

मानिसको शरीरको आकार (फिटनेस) संतुलनमा राख्न लाग्ने समय व्यक्तिको फिटनेस स्तर, उमेर, मिहिनेतलगायतमा भर पर्छ । वातावरणले पनि मानिस कतिसम्म शारीरिक रूपमा संतुलित छ भन्ने प्रस्ट हुन्छ । उदाहरणका लागि, गर्मी र प्रदूषणले व्यायाम गर्दागर्दै पनि शारीरिक प्रक्रियालाई असर गर्न सक्छ । शारीरिक व्यायाम गर्दा मांसपेशी बलियो हुँदै गएको दुई सातासम्ममा महसुस गर्न सकिन्छ । व्यायाम गर्दै जाँदा मांसपेसीमा आउने परिवर्तनहरू लगभग ८ देखि १२ सातासम्म नदेखिन सक्छ ।

हर्ट (कार्डियोभास्कुलर) फिटनेस

जब हामीले व्याम बन्द गर्छौ । चाँडै नै फिटनेस गुमाउँछौं । विभिन्न कारणहरूले गर्दा हामीले संतलुनमा रहेको शरीर फेरि गुमाउन थाल्छौ । विज्ञहरूका अनुसार व्यायाम रोक्दा हामीले एकातिर शारीरिक र अर्कोतिर हर्ट फिटनेस गुमाउँछौं ।उदाहरणको रूपमा, एक म्याराथन धावकलाई हेरौं । जो पीक एथलेटिक फिटनेसमा छ, २ घण्टा ३० मिनेटमा म्याराथन दौडन सक्छ । साताको पाँचदेखि ६ दिन अभ्यास गर्न समय विताउँछ । कुल ९० किलोमिटर दौडन्छ । उसले फिटनेस विकास गर्न १५ वर्ष लगाउन सक्छ ।

लामो समयसम्म गरेको व्यायाम शरीरमा अब फिट रहन सशक्त तालिमको आवश्यक छैन भन्दै पूर्णरूपमा बन्द गर्नु हुँदैन । यसले गर्दा व्यायाम गर्ने वा म्याराथन धावकहरूको समेत फिटनेस घट्नेछ । धावकले भने केही सातामै फिटनेस गुमाउनेछन् । ।

कार्डियो–रेस्पिरेटरी फिटनेस

एक व्यक्तिले अभ्यास तथा व्यायाम गरेको बेला बढीभन्दा बढी अक्सिजन प्रयोग गर्नसक्छ । यदि बीचैमा व्यायाम रोक्ने हो भने पहिलो चार सातामै १० प्रतिशतले अक्सिजनको मात्रा कम हुन्छ । शरीरमा अक्सिजनको गिरावट विस्तारै हुन्छ । गिरावट हुने क्रम लामो अवधिसम्म रहन्छ । स्वासप्रश्वासमा रहेको फिटनेटमा पनि उतरचढाव आउने समस्या हुन्छ ।

अक्सिजनको मात्रा अधिकतम घट्नुको कारण रगत र प्लाज्माको मात्रामा कमी आएर हो । शरीरलाई चाहिने प्लाज्मा भोल्युम पनि व्यायाम रोकेको ४८ घण्टाभित्र लगभग ५ प्रतिशतले घट्न सक्छ । रगत र प्लाज्माको मात्रा घटेको प्रभावले प्रत्येक मुटुको धड्कनमा असर गर्छ । मुटुबाट शरीरको वरिपरि कम रगत पम्प हुन्छ । तर, केही समय शरीर कमजोर झैं भए पनि आतिनु पर्दैन । पूर्ण रूपमा हामीले व्यायाम रोक्यौं भने शरीर सु? गर्न लाग्दाकै अवस्था जस्तो हुन्छ । शरीरका अंगमा भने केही असर गरेझैं हुनसक्छ ।

दुई साता व्यायाम गरिएन भने मांसपेशीका फाइबरहरूको संख्या १३ प्रतिशतको दरले घट्नेछ । यो दर भने बढी एथ्लेटिक्स र दौडको एक्सरसाइज गर्नेहरूको लागि लागु हुन्छ ।विभिन्न प्रमाणको आधारमा औसत व्यक्तिमा केही सातासम्म व्यायाम जारी रहेन भने शारीरिक वजन घट्छ । यस्तै मांसपेशी फाइबरको आकारमा न्यूनतम कमी हुन थाल्छ ।

यदि हामी गरिरहेको व्यायाम रोक्छौं भने मांसपेशीहरू निष्क्रियझै बन्छन् । जसले हाम्रो मांसपेशी फाइबरहरूको संख्या घटाउन मद्धत गर्छ । हामीमा पहिलेको जस्तै जिउ भारी हुनथाल्छ ।औसत रूपमा जिम जाने व्यक्तिले आफ्नो मांसपेशीको आकार घटेको अनुभव गर्ने गर्छन् । समयसँगै भारी बोझ उठाउन गाह्रो हुन्छ । किनभने तिनीहरूसँग कम मांसपेशी फाइबरहरूमात्रै शरीरमा हुन्छन् ।

मानिसले फिट हुनका लागि हरसम्भव प्रयास गरेको हुन्छ । तर व्यायाम रोकेको ४८ घण्टाभित्र हर्ट फिटनेस र मसल्स फिटनेट गुमाउन थाल्छ । यसर्थ व्यायामको माध्यमबाट मानिस शारीरिक र मनोगत रूपमा जति फिट हुन्छ, छोडिदिएपछि त्यो गुम्न थाल्छ । त्यसैले सु? गरेर चटक्कै छोड्नु राम्रो होइन, शरीरलाई संतुलनमा राखिरहेको व्यायामलाई निरन्तरता भने दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया