मंगलबार, वैशाख १६, २०८२

अब ‘प्रभु-पेको किअस्क मेसिन’ बाट जरिवाना तिर्न सकिने

नेपालखोज २०७८ पुष २८ गते १६:४२

काठमाडौ । महानगरीय ट्राफिक महाशाखाले आज (बुधबार) देखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु–पेको किअस्क मेसिन’ को प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।

महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधि मैत्री बनाउँदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ्, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यु आर पेमेन्टबाट समेत जरिवाना तिर्नसकिने प्रणाली संचालनमा छन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रबिधि ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका हुुन ।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त भइने जनाए । उनेल समयको समेत वचत हुने जनाएका छन् । आम सेवाग्राहीको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु–पेलाई धन्यबाद दिँदै उनले थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गरेका छन् ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रबिधीहरुलाई क्रमशः परिस्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा शुरु गरेको हो । प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गर्दै सेवा बिस्तार गर्न पाउँदा खुशी भएको जनाए । उनले यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वित हुने समेत बताए ।

हाल ट्राफिक महाशाखासहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया