देशमा पश्चिमी वायूकाे प्रभाव, देशभर आंशिकदेखि सामान्य बदली रहने, वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ भने देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भने आज राति देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ भने राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै पर्सि शनबिार दिउँसा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने प्रदेश १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १ र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

प्रतिक्रिया