अमेरिका भन्छ- रुसले कठोर विकल्पको सामना गरेकाे छ

काठमाडाैं । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन् ।उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी हुन् ।
युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो-रुस काउन्सिलको वार्ता भएको थियो । सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो ।
रुसी उपविदेशमन्त्री अलेक्सान्डर ग्रुस्कोले नेटोले मस्कोको मागहरूबारे आफूलाई अनुकूल हुने मागमात्रै सम्बोधन गर्न नसक्ने बताए । रुसको मागको सूचीमा युक्रेन कहिल्यै नेटोमा सामेल हुनहुन्न भन्ने पनि रहेको छ । युक्रेनसँगको सीमा नजिकै दशौँ हजार रुसी फौज एकट्ठा भएका छन् र त्यसले आक्रमणको आशङ्का गराएको छ ।
नेटोमा आवद्ध हुने भन्ने लक्ष्य युक्रेनको संविधानको एउटा हिस्सा हो । तर उपविदेशमन्त्री शरमनले प्रगति गर्नसकिने क्षेत्रहरू रहेको बताइन् र रुसले अब के चाहन्छ भन्ने निर्णय गर्नुपर्ने बताइन् । उनले अमेरिका र नेटो सबै खालको सम्भावनाका लागि तयारी गरिरहेको बताइन् । बीबीसी
प्रतिक्रिया