शनिबार, वैशाख ८, २०८१

अब नर्भिकमा पनि कोरोनाको खोप लगाउन पाइने

नेपालखोज २०७८ पुष २९ गते १२:१७


काठमाडौं । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड-१९ विरुद्धको खोप केन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखि खोप केन्द्र संचालन गर्ने भएको छ ।

काठमाडाैंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोप केन्द्र संचालन गर्ने भएको हो ।

सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोप केन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।

उनका अनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ । नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया