राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन स्थगित

नेपालखोज २०७८ पुष २९ गते १४:१३

काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन स्थगित भएको छ । माघ १५ र १६ गतेका लागि तय भएको सम्मेलन कोरोनाका कारण स्थगित भएको हो ।

कोरोनाका कारण अब प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णयमा जनमोर्चा पुगेको बताइएको छ । सत्तारुढ गठबन्धनको एक दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको पहिलोपटक हो ।

कोरोनाका कारण सम्मेलन रोक्न बाध्य भएको अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट पारे ।

प्रतिक्रिया