शुक्रबार, जेठ ३, २०८२

श्री इन्भेष्टमेन्ट फाईनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७८ पुष ३० गते २:००

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप छ अर्ब २४ करोड र कर्जा सापट चार अर्ब ५८ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड ४५ लाख भएको जानकारी साधारणा सभालाई गराएका हुन् ।

साधारण सभामा अनुमोदनको लागी पेस गरिएको हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण (बोनश सेयर सात दशमलव ७० प्रतिशत तथा नगद लाभांश तीन दशमलव ३० प्रतिशत ) सम्बन्धी प्रस्तावलाई २७औं वार्षिक साधारण सभाबाट अनुमोदन गरेको छ ।

अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार पुगेकोे छ । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोबार वृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए ।

कम्पनीले २०७८ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रहि व्यवसायीक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु पुर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए ।

छलफलको क्रममा सेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारण सभाबाट वित्तीय विवरणलगायत सभामा छलफलका लागि पेस गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।

प्रतिक्रिया