बतास अर्गनाईजेसनकाे संचार माध्यमलाई धन्यवाद

काठमाडौं । बतास अर्गनाईजेशनले संचार माध्यमलाई धन्यवाद दिएको छ । सुनियोजित आक्रमणको सारथि बनेको भनेर बतास अर्गनाईजेशनल नेपालका आम सञ्चार मध्यमप्रति गरेको गुनासोप्रति सञ्चार माध्यमले देखाएको सदा सहयताको लागि बतास अर्गनाईजेशनल आभारी रहेको जनाएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै बतास अर्गनाईजेशनल आफ्नो ७ बुँदे प्रष्टीकरणको सार्वजनिककरणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेको जनाएको हो ।
‘हामीले आफ्ना तर्फबाट हामीलाई बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सबैलाई सँधैको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो सत्यको पुनर्स्थापनामा आम सञ्चार माध्यमले पुर्याएको योगदान हाम्रा लागी अपार छ । तपाई वास्तविक सञ्चारकर्मीहरूको यो सहयोगप्रति बतास अर्गनाईजेशन सदैव ऋणी रहने छ ।’


प्रतिक्रिया