गुडविलका लगानीकर्तालाई ९.१५ प्रतिशत बोनस सेयर

काठमाडौं । गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले बिहीबार होटल क्राउन इम्पेरियल, रबिभवनमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको होे ।
सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले बृद्धि गरी १० अर्ब नौं करोड ३९ लाख ८४ हजार नाै सय ९७ रुपैयाँ तथा कर्जा तर्फ १५ दसमलव ६८ प्रतिसतले बृद्धि गरी सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार छ सय ८० रुपैयाँ पुर्याउन सफल भएको अध्यक्ष साखःले बताए । फाइनान्सले वार्षिक साधारणसभामार्फत आ.ब.२०७७/०७८ को आय–व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१५ बोनस सेयर तथा ३.९५ नगद लाभांश गरि जम्मा १३.५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत वर्ष विश्वभर महामारीकारुपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प रहेको बताए । उनले नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमै कार्य गर्दै लगानीकर्ताहरूलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए ।
प्रतिक्रिया