थपिए ५ हजार बढी संक्रमित, ३०६ जना डिस्चार्ज

नेपालखोज २०७८ पुष ३० गते १६:३९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४ हजार २०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जना गरि कुल ५ हजार ८७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आज १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ६१३ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलव ५ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ३ लाख २० हजार २६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया