काठमाडौंको उपमेयरमा सुनिताको अग्रता
नेपालखोज
२०७९ वैशाख ३१ गते १३:५९
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिएकी छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी छन् ।
त्यस्तै, काठमाडौं महानगरको अहिलेसम्म १७० मत गनिएको छ । पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले पनि ३८ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापितले २२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया