मंगलबार, वैशाख ११, २०८१

उद्योग वाणिज्य महासंघले भन्यो- बतासमाथि एकतर्फी प्रहार गरियो

नेपालखोज २०७८ पुष ३० गते १७:०२

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्यान्टिन संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । मुलुकको निजी क्षेत्रमाथि एकतर्फी रूपमा चरित्र हत्या र मानमर्दन गर्नु चिन्ताजनक विषय भएको महासंघको ठहर छ ।

बतास अर्गनाइजेसन कानूनी रूपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्यान्टिन संचालनको अनुमति पाएको संघले दाबी गरेको छ । सरकारी निकायले अनुमति दिएकामा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएको भन्दै महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।

आज(शुक्रबार) प्रकाशित विज्ञप्तीमा प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने जनाइएको छ । सञ्चारमाध्यममा आएका समाचारकै भरम स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु न्याय संगत नभएको महासंघको तर्क छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरूपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया