शुक्रबार, वैशाख १४, २०८१

सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

नेपालखोज २०७८ माघ २ गते १३:३९

काठमाडौं । अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । आज (आइतबार) परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ताकपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो ।

अफगानिस्तानमा गत अगष्टमा तालिवानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानविय संकट उत्पन्न भएको छ । अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ ।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको हो । टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरु समेतको सहभागिता रहेको छ ।

टोली अफगानिस्तान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले दिएको सूची अनुसार औषधी, घरायसी सामग्री र लत्ता कपडाहरु लिएर नेपाली टोली जाँदै गरेको बताउनुभयो । करिब १४ टन बराबर सामान रहेको उहाँले जानकारी दिएका छन् ।

जनताहरुलाई अप्ठ्यारो पर्दा नेपालले मानविय सहयोग पु¥याउन सामथ्र्य राख्ने बताउनुभयो । अफगानिस्तानी जनतालाई सहयोग गरेसँगै नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढ्ने विश्वास उहाँले व्यक्त गरेका छन् ।

नेपाली टोली हिमालय एयरलाइन्सको जहाजबाट प्रस्थान गरेको हो । सहायता सामग्री काबुलस्थित संयुक्त राष्ट्रसंघको प्रतिनिधिलाई हस्तान्तरण गरेसँगै टोली आइतबार (आजै) नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया