बुधबार, जेठ २, २०८१

इम्युनिटी बलियो बनाउने खानेकुरा !

डा. हेमराज कोइराला २०७८ माघ ३ गते ८:४०

आज पूरै विश्व कोभिड-१९ को आक्रमणबाट आक्रान्त छ । हाल लाखौं मानिसको ज्यान लिइसकेको यो रोगलाई विश्व मानव समूदायले के कसरी नियन्त्रणमा लिने छ भन्ने प्रश्न अनुत्तरित नै छ तर जसको प्रतिरक्षा प्रणाली स-सक्त छ उसलाई यो रोगले त्यत्ति विध्न ग्रसित बनाउन सक्दैन र हत्तपत्त ज्यान गई हाल्दैन ।

यसको ठिक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएका हरूलाई यो रोगले ज्यादाभन्दा ज्यादा ग्रस्तपार्ने एवं ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ । यसर्थ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुको विकल्प छैन । प्रतिरक्षा प्रणाली भोजन, ब्यायाम र विश्राम, विचार एवं व्यावहारको सन्तुलित एवं समुचित उपयोगले सवल बन्दछ ।

प्रतिरक्षा प्रणाली सबल भएको खण्डमा कोरोना भाइरस रोगलाई समेत सजिलै जित्न सकिने हुनाले यो रोग लागेकाले वा लाग्न सक्ने सम्भावना बोकेका हरूले निम्न लिखित खानेकुराहरूलाई आफ्नो खानामा समावेस गर्नुपर्ने हुन्छ ।

ब्रोकली : ब्रोकली भिटामिन ए, बी, सी, ई एन्टिअक्सिडेन्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपुर तरकारी हो । ब्रोकलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाईने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण भूमिका अदा गर्छ ।

अङ्कुरित गेडागुडी : अङ्कुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पुर्‍याउने अनेकौं तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अङ्कुरित गेडागुडीमा प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले भाइरस संक्रमण पश्चात क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्नेगर्छ । यसैगरी अङ्कुरित गेडागुडीमा नउम्रिएको गेडागुडीभन्दा धेरैमात्रामा प्रोटिन, फोलिक अम्ल, एमाइनो अम्ल, भिटामिन सी, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाइन्छन् । यी तत्वहरूको प्रयोगले कोरोना भाइरसको संक्रमण कम गर्न मद्दत गर्छ ।

बदाम : बदाम भिटामिन ईले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

फर्सीको बियाँ : फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन तर हामीमध्ये धेरैले फर्सी खान जानेका छौं तर फर्सीको बियाँ खान जानेका छैनाैं । वास्तवमा फर्सीभन्दा फर्सीको बियाँ कैयौं गुणा पौष्टिकयुक्त्त छ । फर्सीको बियाँमा प्रचुर मात्रामा प्रोटिन, खनिज, लवण, एन्टिअक्सिडेन्ट, ओमेगा ६ फ्याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

जडिबुटी चिया : तुलसी चिया, रोजमेरी चिया, अर्जुन चिया, विजयसालको चिया वा हरियो चियाको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउँछ । जडिबुटी चियामा प्रसस्त मात्रामा फ्लेभेनोईडस पाइन्छ । फ्लेभेनोईडसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसका अलावा जडिबुटी चियामा एपि–ग्यालो–क्याटाचिन–ग्यालेट (भ्न्ऋन्) ( त्जष्बलष्ल नामक द्रव्य पाइन्छ । यी दुवै द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन् ।

अदुवा : घाँटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउँदा, प्रदाह एवं शोथ ग्रस्त हुँदा अदुवाको प्रयोग शदिऔंदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाइन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कम गर्नुका साथै प्रदाह एवं शोथलाई पनि कमगर्न मद्दत गर्छ । अनुशंधानहरूले दर्शाय अनुरूप अदुवाले अति सक्रिय प्रतिरक्षा प्रणालीलाई कम गर्न र निष्क्रिय प्रतिरक्षा प्रणालीलाई सक्रिय गर्ने काम गर्छ ।

लसुन : लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई महसुुस गरेर नै हाम्रा पिता पुर्खाहरूले लसुनलाई औषधि एवं मसलाको रूपमा युगौंदेखि प्रयोग गर्दै आएका हुन् । यस वनस्पतिलाई रोग प्रतिरोधक औषधिका रूपमा सबैले स्वीकार गरिसकेका छन् । रूघा मर्की लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसुनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी औषधिय गुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एन्टिअक्सिडेन्ट र सल्फर कम्पाउन्डहरू पाइन्छन् । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्टहुनेखालका भएकाले काचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो । यसका अलवा लसुनले उच्चरक्तचाप कम गर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्टगर्न मद्दत गर्छ ।

सहिजन : सहिजन पनि प्रतिरक्षा प्रणालीको सवलीकरणको लागि अत्यन्त महत्वपूर्ण फल हो । सहिजनमा ९० भन्दा ज्यादा बायो एक्टिभ तत्वहरू पाइन्छ । सम्पूर्ण पोषक तत्वहरूले भरिपूर्ण भएकाले यसलाई प्राकृतिक मल्टिभिटामिन पनि भनिन्छ। प्रशस्त प्रोटिन, क्यलसियम, सेलेनियन, जिङ्क, तामा, क्रोमीयम जस्ता खनिज, धेरै प्रकारका एमाईनो एसिड, भिटामीन सी, आदिले प्रतिरक्षा प्रणालीलाई सबल बनाउँछ ।

सुठुनी : सुठुनीको सेवनले प्रतिरक्षा प्रणालीलाई सबल बनाउँछ । यसमा प्रशस्त मात्रामा भिटामिन सी, भिटामिन बी कम्प्लेक्सेस, एन्थोसाईन्स आदि पाइन्छ । यसैगरी यस फलमा फाईबर र एन्टिअक्सिडेन्ट पाइन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया