शुक्रबार, असार १३, २०८२

आज पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

नेपालखोज २०७८ माघ ४ गते ७:०१

काठमाडाैं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध सदस्यलाई आज मंगलबारबाट कोरोनाविरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा आज कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालयमा आज बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए ।

उनले भने, ‘खोप लगाउन आउँदा महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।’ सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेक्षा गरिएको सचिव कार्कीले जानकारी दिए ।

प्रतिक्रिया