सुनकाे भाउ सय रुपैयाँले बढ्याे, चाँदीकाे स्थिर
नेपालखोज
२०७८ माघ ४ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर छ । छापावाल सुन आज प्रतितोला एक सय रूपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९२ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १२ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे पनि १२ सय ५५ रुपैयाँमै कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया