शनिबार, वैशाख ८, २०८१

वाग्मतीलाई पराजित गर्दै पुलिस फाइनलमा

नेपालखोज २०७८ माघ ४ गते १४:३१

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा वाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो ।

पुलिसले २० ओभर खेल्दै १५५ रन बनाएको थियो भने जवाफमा बागमती १०५ रनमा समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभरमा ५ विकेट मात्रै गुमाएर १५५ रन बनाएको हो । पवन सर्राफले सर्वाधिक ५९ रनको योगदान दिए । दिलिप नाथले नटआउट ३१ रनको योगदान दिए भने अनिल साहले २५ रन जोडे । बागमतीका नन्दन यादव र रिजन ढकालले २–२ तथा प्रतिस जिसीले १ विकेट लिए ।

वाग्मतीका लागि अदिल खानले २७ तथा ज्ञानेन्द्र मल्लले २३ रन जोडे । रामनरेश गिरी २२ र रिजन ढकाल १५ रनमा अविजित रहे । अन्य व्याट्सले दोहोरो अंकमा रन बनाउन सकेनन् । वाग्मतीलाई सस्तैमा समेट्न पुलिसका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । सागर ढकालले २ तथा आरिफ सेखले १ विकेट लिए ।

प्रतिक्रिया