कृषि विकास बैंकमा खाता खोल्नेलाई ५० प्रतिशत छुट
नेपालखोज
२०७८ माघ ४ गते १८:१९

काठमाडौं । कृषि बिकास बैंकले विभिन्न सेवामा छुट दिने भएको छ । बैंकले ५५ औं बार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट दिने भएको हो ।
बैंकले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर मोवाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, भिसा डेविटकार्ड, डिम्याट, सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएकालाई छुट दिने भएको छ । बैंकले २०७८ माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोल्ने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था बैंकले गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया