शनिबार, जेठ ३२, २०८२

‘कांग्रेसकाे इतिहासमा अजर-अमर रहने घटना’

नेपालखोज २०७८ माघ ५ गते १२:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लेख्छन् पुग्यौं ‘७ खाल्डे’ । इलाम जिल्लाको माइपोखरीको जंगल । ७ युवालाई ७ वटा खाल्डो खन्न लगाएर संगिनले घोचेर ०१९ साल कार्तिक २४ गते जिउँदै गाडिएको ठाउँ ‘७ खाल्डे’ नामले परिचित छ । जिउँदै गाडिएका युवाहरुको दोष थियो- तत्कालीन राजा महेन्द्रको निरंकुश कदमको विरोध । सहादत प्राप्त गरेका ७ युवा… १) तुलाबहादुर राई २) खड्गबहादुर राई ३) तेजबहादुर राई ४) बलबहादुर गुरुङ ५) जितबहादुर राई ६) डाकमान राई ७) लालबहादुर राई निरंकुशता अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्न नेपाली कांग्रेसको सदस्यका रूपमा विद्रोहको झन्डा उठाएका थिए यि युवाहरूले । तस्बिर सहितको यो स्ट्याटसमा आएका प्रतिक्रिया :

नमन । बिरमणि ढकाल

गगन थापा र तपाईंमा धेरै फरक छ । रमा वली

होइन विश्व दाइ अनि बीपीलाई किन नमारेको रहेछ सङगिनले घोचेर – उल्टो उपचार गर्न विदेस पो पठाएछन् त प्रभो । राजा महेन्द्र प्रती बीसबमन अनि गलत प्रचारबाजीले तपाईंको कद अरु उक्लिन्छ भन्ने कुरामा म चाहीँ बिश्वास गर्दिन दाइ । प्रकाश चाैहान

बीर योद्धालाई सलाम र श्रद्धा सुमन ! सहिद घोषणा गर्ने जिम्मेदारी महामन्त्रीको । गरुढध्वज बस्नेत

पुग्नु भयो राम्रो भयो । पुर्खाहरुले रचेको इतिहासमा बकबक गरेर पपुलर बन्नुस शुभकामना छ । परिवर्तन किन चाहियो हामीलाई ? इतिहास नै ठिक छ नि। दुर्लभ कार्की

यस्तैलाई हो महान् सहिद भन्ने ! आजभोली निम्न प्रकारका मान्छेलाई सहिद भन्ने चलन छ !

१. रिन ज्यादा भएर तिर्न नपर्ने सल्लाह भएर बिद्रोहमा सामेल भै मर्नेहरु

२. रिसिबी साध्न बिद्रोहमा लागि मर्नेहरु

३. दिउँसो न्यायका कुरा गरि राती सुतेकाहरुलाई बिचार भिन्न भएकै कारणले मार्नुपर्छ भनी मार्न हिडेकाहरु

४. गरिखान नसकी बिद्रोहमा लागि मरेकाहरु ५. सरकारी निकायको भन्दा उच्च हतियार बोकेका तर रण मैदानबाट भाग्दै गर्दा पिठ्युँमा गोलि लागि मरेकाहरु

६. बिद्रोहको भंगालो मै पैसा देखेर बिद्रोही बनी मरेकाहरु ! शहिदहरु प्रती भावपुर्ण श्रद्धासुमन ! निर्मल तिम्सिना

हिजो पार्टी र परिवर्तनका लागि ज्यान गुमाएका सहिदहरुका सन्तानले आज पार्टि भित्रको बढ्दो विकृती, बिसङ्गती र लाचारिपनका कारणले आफ्नै पुर्खालाइ धिक्कार्दै होलान् । ती योगदानहरुको मुल्याङ्गकन खै ? कयौँ सहिदले बलिदान दिएर जोगाएको नेपाली काङ्ग्रेस आज जोकरजस्तो बनेको छ दोषी को ? हिजो मृत्युवरण गरेका सहिद खोज्दै हिड्नुभन्दा उनीहरुले देखेको सपना पूरा गर्न लागिपरे धेरै राम्रो होला । सिमन

राजा महान सात सहिदले परिवर्तन अवस्य चाहेकाथिए देश र जनताका लागि यसकाे मापन कस्ले गर्ने ? सलाम छ विर शहिदलाई !!!! अनिल भण्डारी सहिद परिवारलाई सरकारले उचित सहयोग गरोस महान् शहिदहरु प्रति हार्दिक नमन । गोबिन्द घिमिरे

महान् शहिदहरु प्रति सम्मान व्यक्त गर्दछु । शहिदहरुले देखेकाे सपना पूरा गर्नभन्दा नेतृत्व वर्ग स्वार्थ पूरा गर्न लालायित छ । स्वार्थीहरुलाई क्रमश किनारा लगाउदै आवाज विहिनहरुकाे आवाज, न्याय वीहिनहरुका लागि न्यायमुर्ति वन्ने सकरात्मक चिन्तनकाे विकास हुनसकाेस । बिरेन्द्र खड्का

उहाँहरुको आत्माले शान्ती पाउनका लागि राम्रो कार्य गरेर देखाउनुहुन अनुरोध छ । घन बहादुर बस्नेत

शहिदले सोचे जस्तो गरी राज्य संचालन गर्ने सद्बुद्धी सबैमा आवोस । दुर्गा प्रसाद सापकोटा

इतिहासलाई कसले वास्ता गर्छ र ? अहिलेका नेता माेजमस्ति गर्दै अकुत कमाउँदै र रमाउँदै देश जनता र पार्टीका इमानदार कार्यकर्ताका साथै भट्टराई ,गणेशमानलाई नै साइड लाएर हिडेका छन् । प्रजातान्त्रिक ब्यबस्थाका लागी आफ्नाे जिवननै अर्पण गर्ने शहिदहरूकाे के मतलब ? बीपी कै निति-सिद्वान्त बेचेर सावाँ न ब्याज गराइएको छ ……? मधु न्याैपाने

वीर शहिदको आत्माको चीर शान्तिको कामना गर्दै उनीहरुले देखेको सपना साकार होस् । सोहि प्रयोजनका लागि हामी सबैको प्रयास र संकल्प जरूरी छ । छवि ढकाल

सहिदको बलिदानले सराप्ने अवस्था आइसक्यो । देशमा कमिशन र भ्रस्टाचार मौलायो । जुन तन्त्र आएपनी त्यो नेता र अगौटे पछौटेका लागि मात्र भयो बेलैमा सोचौ है । अन्जन आचार्य

लिपुलेक, कालापानी, सुस्ता, सन्दकपुर तिर नि पुगम न हौ दाजु कहिले काहिँ ? नारायण पाैडेल

मर या मार, यो सदियौंदेखि चलेको सदा चलिरहने खेल हो ! वाइके युवराज

सहिदहरु अमर रहुन् । सहिदको नाम भजाएर ओलीले बेपार गरे जस्तो नगरौं । खार्पाली पोखरेल

लाेकतन्त्रका शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ! अझै पनि राजा आउ भन्नेहरुलाई जिउँदैमा श्रद्धाञ्जली !! टिकाराम पुरी

कांग्रेसकाे इतिहासमा अजर-अमर रहने घटना । धनेश्वर नेपाल

योभन्दा बिभत्स घटनाहरु पछिल्लो क्रान्तिका नाममा नेका ले भोग्नु पर्यो, चोट अझै आलो छ । हर्क कार्की

यस्ता सपुतहरुका सन्तान कोहि दुखि -गरिब छन् भने राज्यले उचित ब्यबस्थापन गर्नुपर्छ । बर्तोैला राजु

यस्ता बीर साहसी जनताले आफ्नो ज्यानको बली दिएर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याए तर नेतालाई मात्र आए, जनताको नाममा केहि आएन !! ति बलिदान व्यर्थैमा गए । रमेश वन

माओवादीले बेघर बनाएका जनता र कांग्रेसको घरदैलो गर्न मेरो सुझाव छ । कुमार केशि यस्ता कुकर्म र पापहरू आजको पुस्तालाई सविस्तार जानकारी गराउनु जरूरी ! राजन पोखरेल आजै थाहा भो, कस्तो निर्मम इतिहास ? चन्द्र लिम्बू

बिरसहिद अमर हुन्, राजा भन्ने कुरा यो देशमा कहिल्लै नफर्कियोस । टेक पाैडेल प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र आएपनि जनजातीको अवस्था र पहिचानले किन न्याय पाउन सकेन ? कर्ण राजवंशि माओवादी द्वन्दको समयमा विभत्स तरिकाले मारिएका कार्यकर्ताका बारेमा चुइक्क बोल्नु हुन्न त नेता ज्यु ? सायद कथित अग्रगमनमा आँच आउने भएकाले होला ?????? गोबिन्द बहादुर क्षेत्री

यि वीर सहिदको सपना साकार पार्न नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सद्बुद्धी आओस् भन्ने कामना गर्दछु । फणिन्द्र गडताैला

सुखानीको घट्ना जसरी यो घटना किन चर्चामा ल्याइएन ? नवराज भट्टराई प्रजातन्त्र आउनमा राईहरुको योगदान के रहेछ भन्ने कुरा त यो घटना र पात्रहरु हेरेर थाहा हुन्छ नी हैन त महामन्त्री ज्यू ? प्रेम चाम्लिङ साङपाङ

प्रतिक्रिया